+
+

६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १९:०९

१८ चैत, मकवानपुर ।   प्रहरीले ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा  हेटौडा उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय राजेश खाती, राक्सिराङ्ग गाउँपालिका-३ बस्‍ने २० वर्षीया आयुषा ठकुरी  रहेका छन् ।

यस्तै मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं.१५ रातोमाटे चेक पोष्टमा प्रहरीले धादिङ्ग निलकण्ठ नगरपालिका-१४ बस्ने  २९ वर्षीय बलराम गुरूङलाई पक्राउ गरेको  हो । प्रहरीले उनको साथबाट ४ ग्राम ब्राउन सुगर र १३ ट्याब्लेट नाईट्राभेट लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका दुईजनालाई  १६ को म्याद  र एकजनालाई १८ दिनको म्‍याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?