+
+

कञ्चनपुरमा एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १६:००

२० चैत, धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका-३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे ।

मेयर चन्दसँगै वेदकोट नगरपालिकाकै वडा नं ३ का अध्यक्ष तिलक ठकुल्ला, वडा नं ४ का अध्यक्ष भास्कर भट्ट, वडा नं ७ का अध्यक्ष वीरबहादुर डगौरा, वडा नं ७ का अध्यक्ष दुर्गासिंह भण्डारी र वडा नं १० का अध्यक्ष केशव रावल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

त्यस्तै नगर कार्यपालिकाका सदस्यहरु दलवीर टमटा, तारा रैकाल, निर्मला विष्ट चौधरी, पिंकी दमाइ र माया बोहरा तथा २२ जना वडासदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका वडा नं १० का वडासदस्य डम्बर दत्त भट्टले जानकारी दिए ।

वेदकाेटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेकाे थियाे। उपमेयर सुशीला सिंह भने एमालेमै छिन् । उनी एमालेकाे वेदकाेट नगर कमिटी इन्चार्ज हुन् ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?