+
+

प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि प्रसाईंले दिए जग्गा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १४:१६

२१ चैत, सुनसरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि स्थानीय नेता तथा व्यवसायी रोहित प्रसाईंले जग्गा उपलब्ध गराएका छन् ।

सोमबार कार्यक्रमको आयोजना गरी प्रसाईंले इटहरी उपमहानगरपालिका-१७ स्थित पूर्वपश्चिम राजमार्गसँगैको साढे ६ धुर जग्गाको धनीपूर्जा युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे । जग्गा प्रदान गर्दै उनले चाँडै काम सुरु गरेर भवन निर्माण सम्पन्न गर्न सुझाव समेत दिए ।

युनियन सुनसरी अध्यक्ष अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेको र अब सुनसरीमा निर्माण हुन लाग्दा खुसी लागेको बताए । ‘नक्सा बनाउने काम भइरहेको छ, दुई वर्षभित्र निर्माण सक्नेगरी काम सुरु गर्छौं,’ उनले भने ।

यस्तै युनियनको भवन निर्माणका लागि होटल व्यवसायी संघ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उद्योग वाणिज्य संघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इँट्टा, रोटरी क्लबकी अध्यक्ष सविना कोइराला ९शोभा०ले २१ हजार नगद, कांग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईंले २५(२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?