+
+

चमरधाप विद्यालयलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १६:३३

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निमार्णका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि  विर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई उक्त रकम सहयोग गरेको छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले राउन्ड टेबल नेपाललाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, विर्तामोड शाखाका प्रबन्धक हरि ओझा, राउन्ड टेबलका अध्यक्ष सुनिल जैसवाल लगायतको सहभागिता रहेको थियो ।

आर्थिक सहयोगबाट अध्ययनका लागि विद्यार्थीहरुलाई राम्रो वातावरण बन्ने विश्वास बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?