+
+

सिरिज जितेपछि सन्दीपको निष्कर्ष  : पावर प्ले र टप अर्डरमा सुधार आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १७:०८

२१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपालको ओपनिङ जोडीमा धेरै सुधार गर्नु पर्ने बताएका छन् ।

कीर्तिपुरमा पपुवा न्यूगिनी (पीएनजी)सँगको फाइनल जितेपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘जितेपछि कमजोरी धेरै देखिदैँन, तर पावर प्ले र टप अर्डरमा अझै सुधार गर्नुपर्छ ।’

प्रतियोगिताको पहिलो खेलदेखि फाइनलसम्म नै सबैको योगदान राम्रो रहेको उनले बताए ।

‘खेलाडीको रुपमा र कप्तानको रुपमा श्रृंखला जित्दा धेरै खुसी लागेको छ,’ कप्तान बनेपछि पहिलो श्रृंखला उचालेका उनले भने, ‘म भन्दा पनि यसको श्रेय सबै खेलाडीलाई जान्छ ।’

फाइनलमा दिपेन्द्र सिंह ऐरी र करण केसीले राम्रो खेलेको उनले बताए । दिपेन्द्रले ३८ बलमा ५४ रन बनाएका थिए । १२ बलमा नट आउट ३३ रन बनाएका करणले ३ विकेटसमेत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?