+
+

एक वर्षमै ३८ प्रतिशतले बढ्यो जीवन बीमाको संख्या

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १८:४५

२१ चैत, काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक वर्षमा ३८ दशमलव ३७ प्रतिशतले जीवन बीमालेख वृद्धि गरेका छन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९२ लाख ३९ हजार ८२४ वटा बीमालेख बिक्री गरेका छन् । अघिल्लो वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले ७४ लाख ६४ हजार १५१ वटामात्रै बीमालेख बिक्री गरेका थिए ।

बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिबीचको सम्झौता नै बीमा लेख हो ।

यो तथ्यांकमा म्यादी (वैदेशिक रोजगार बीमालेख) भने समावेश छैन । बीमा समितिका तथ्यांकशास्त्री बसन्त बोहराका अनुसार वैदेशिक रोजगार बीमालेख संख्या पनि एक वर्षको अवधिमा १७ दशमलव ६१ प्रतिशतले बढेर ८ लाख ५१ हजार ३१४ पुगेको छ । गत फागुनमा वैदेशिक रोजगार बीमालेख ७ लाख २३ हजार ८१७ मात्रै बीमालेख पुगेको छ ।

यी दुवै जोड्दा भने एक वर्षमा ३६ दशमलव ५४ अंकले जीवन बीमालेख वृद्धि भएको छ । जीवन बीमालेख वृद्धिदर राम्रो देखिंदा निर्जीवन बीमालेख वृद्धिदर भने ऋणात्मक देखिएको छ । गत वर्षको फागुन मसान्तसम्म १९ लाख ८८ हजार ३२२ वटा बीमालेख बिक्री भएकोमा यस वर्षको फागुन मसान्तसम्म १९ लाख ३९ हजार ३८५ वटामात्रै निर्जीवन बीमालेख बिक्री भएको पाइएको छ ।

जीवन बीमा अन्तर्गत व्यक्तिहरुको बीमा हुने गरेको छ भने निर्जीवन बीमा कम्पनीहरुले घरजग्गा, सवारीसाधान, कृषि तथा पशुपंक्षी लगायतको बीमा गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?