+
+

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते ९:०५

२२ चैत, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल आज बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा आज बिहान ४ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?