+
+

क्रिकेटर कमल सिंह ऐरीलाई मैदान फर्कन ६ महिना लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १४:३४

२२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर कमल सिंह ऐरीलाई मैदान फर्कन ६ महिना लाग्ने भएको छ ।

गत शनिबार त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध फिल्डिङ गर्ने क्रममा लड्दा उनको कुमको हड्डी (ब्युटी बोन) भाँचिएको हो ।

आदिल अन्सारीको बलिङमा मलेसियाको प्रहरा रोक्न डाइभ हान्ने क्रममा लड्दा उनको हड्डी भाँचिएको हो ।

उनको उपचारमा संलग्न डा. निरज केसीका अनुसार कमलको हण्डी ठूलो टुक्रामा भाँचिएको हुनाले उनलाई मैदान फर्कन अन्य खेलाडीलाई भन्दा धेरै समय लाग्ने छ ।

‘सामान्तय यस्तो ठाउँमा भाँचिदा सानो फ्रयाक्चर हुन्थ्यो । तीन महिना भएपछि मैदान फर्कन मिल्थ्यो । उहाँको ठूलो हड्डी भाँचिएकाले ५ देखि ६ महिनामा मात्र उहाँ मैदान फर्कन सक्नुहुन्छ ।’

कमलको हड्डी सामान्य तरिकाले नभइ ‘कम्पाउन्ड फ्रयाक्चर’ भएको कारण ठिक हुन समय लाग्ने डाक्टर केसीले जानकारी दिएका छन् ।

उनलाई ७ दिन पछिदेखि सामान्य रिहाब सुरु गरिने डाक्टर केसीले जानकारी दिएका छन् । ‘उहाँको हण्डी जोडिन ३० दिनदेखि ६ सात हप्तासम्म लाग्न सक्छ ।’

शनिबार घाइते भएपश्चात उनलाई कलंकीस्थित नेपाल नेशनल अस्पतालमा लगिएको थियो । जहाँ उनको आइतबार शल्यक्रिया भएको छ । शल्यक्रिया पछि भने कमलको स्वास्थ्य स्थितिमा निरन्तर सुधार भइ रहेको उपचारमा संलग्न डा. केसीले जानकारी दिएका छन् ।

‘उहाँको अवस्थामा निरन्तर सुधार भइरहेको छ, २ दिन भित्र अस्पतालबाट डिस्चार्ज गर्छौ ।’ डाक्टर केसीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?