+
+

उच्च अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १६:४३

२२ चैत, काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार समेत उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेको छ ।

मंगलबार कुल २२८ कम्पनीको कारोबार भएको छ । ४५ हजार ८९४ वटा कारोबारबाट ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको भएको छ ।

मंगलबार होटल र पर्यटन उपसमूहबाहेक सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै गुमाउने उपसमूहमा ‘अन्य’ रहेको छ । मंगलबार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १०/१० प्रतिशतले बढ्यो । जाल्पा सामुदायिक लघुवित्तको मूल्य समेत धेरै बढ्नेमा रहन सफल भयो । इमर्जिङ नेपालको सेयर मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?