+
+

कंगोमा विद्रोहीले गरेको आक्रमणमा एक नेपाली सैनिक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १८:२१

२२ चैत, काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना सैनिक घाइते भएका छन् ।

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ । उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?