+
+

खनियाबास गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

रासस रासस
२०७८ चैत २३ गते १२:४५

२३ चैत, धादिङ । जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ता राजु पाख्रिनसहितका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार  नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको थियो ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको प्रहरीले जनाएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

आक्रमणको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उ परीक्षक भण्डारीले बताए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?