+
+

इसेवा मार्फत कुनैपनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १६:१६

काठमाडौं । इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ ।

अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो । बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठूलो सहजता हुने अपेक्षा कम्पनीको छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ ।

नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या निकै बढिरहेको छ । इसेवामा हाल ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन् ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको कम्पनीले बताएको छ । इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?