+
+

बुटवलमा चैत २५ र २६ मा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १७:४८

२३ चैत, बुटवल । बुटवलमा चैत अन्तिम साता राष्ट्रियस्तरको बि लेभल खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

धनमुडा चौर समाजको आयोजनामा देवीनगरमा यही चैत २५ र २६ गते प्रतियोगिता हुन लागेको हो ।

देशभरबाट एक सय टिमले भाग लिने प्रतियोगितामा मेन्स डबल्सको प्रथम टिमले ६० हजार ५ सय ५५ रुपैयाँ, दोस्रो टिमले ४० हजार ५ सय ५५ रुपैयां, तेस्रो हुने टिमले २० हजार ५ सय ५५ रुपैया र उत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने समाजका अध्यक्ष देव थापाले बताए ।

६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताबाट बचेको बागलुङको धनमुडा चौर क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालन गर्न रकम संकलन गरिने थापाले बताए । गतवर्ष ६५ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?