+
+

डोटीमा १६ मतदान केन्द्र थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते २०:०४
फाइल तस्वीर

२३ चैत, डोटी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थप भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयडोटीले दिएको जानकारी अनुसार जिल्लामा अब एक सय ७१ मतदान केन्द्र कायम भएका छन् ।

गत निर्वाचनमा जिल्लामा एक सय ५५ मतदान केन्द्र रहेका थिए । आयोगका अनुसार मतदान स्थलको संख्यामा भने एक सय १५ नै रहनेछ ।

गत निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाभित्र २२ मतदान स्थलमा २६ मतदान केन्द्र रहेका थिए । हाल तीन केन्द्र थप गरि २९ पुर्‍याइएको छ ।

यस्तै शिखर नगरपालिकामा १६ मतदान स्थलमा २७ मतदान केन्द्र कायम गरिएको छ । यसअघि शिखरमा २५ मतदान केन्द्र रहेका थिए ।

यसअघि पूर्वीचौकी गाउँपालिकामा मतदान स्थल १४, मतदान केन्द्र १९, आदर्शमा मतदान स्थल १४, मतदान केन्द्र १७ र सायल गाउँपालिकामा मतदान स्थल १० र मतदान केन्द्र १४ रहेका थिए । हाल पूर्वीचौकीमा २०, आदर्शमा १९ र सायलमा १५ मतदान केन्द्र कायम गरिएको छ ।

यस्तै, गएको निर्वाचनमा के आई सिंह गाउँपालिकामा १० मतदान स्थलमा १४ मतदान केन्द्र, बोगटान फुड्सिल गाउँपालिकामा ११ मतदान स्थलमा १३ मतदान केन्द्र, जोरायल गाउँपालिकामा १० मतदान स्थलमा १७ मतदान केन्द्र र बडीकेदार गाउँपालिकामा आठ मतदान स्थल र १० मतदान केन्द्र रहेका थिए ।

हाल के आई सिंहमा १६, बोगटान फुड्सिलमा १४, जोरायलमा १९ र बडीकेदारमा १२ मतदान केन्द्र कामय भएका जिल्ला निर्वाचन कार्यालय, डोटीका सूचना अधिकारी दलवहादुर मलासीले जानकारी दिए ।

बडीकेदार गाउँपालिका-४ डिकेवनको वडा कार्यालयमा रहेको मतदान केन्द्रलाई स्थानीय स्वास्थ्य चौकीको भवनमा सारिएको सूचना अधिकारी मलासीले बताए ।

वडा कार्यालयमा केही समय पहिले अज्ञात समूहले आगजनी गरी भौतिक संरचना ध्वस्त भएका कारण स्वास्थ्य चौकी भवनमा सारिएको हो । जिल्लाका अन्य मतदान स्थल भने यथावत् रहेको मलासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?