+
+

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २१२ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १५:४३

२४ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

केही दिन यता लगातार घटिरहेको नेप्से परिसूचक बिहीबार भने ३५ दशमलव ६६ अंकले बढेर २४ सय ६४ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।

कारोबार रकममा भने धेरै सुधार हुन सकेन । दिनभर भएका ४२ हजार ५०६ कारोबारबाट २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?