+
+

भोजपुरी कलाकार निरहुवा र अमरपालीले गरे नेपाली परम्पराअनुसार ‘बिहे’ !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १८:१३

काठमाडौं । अहिले काठमाडौंमा भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन भइरहेको छ । फिल्ममा भोजपुरी स्टार निरहुवा र अमरपालीको मुख्य भूमिका छ ।

बिहीबार जोरपाटीमा फिल्मको छायांकन भएको छ, जहाँ निरहुवा र अमरपालीले नेपाली परम्परा र भेषभूषामा विवाह गरे । सुटिङ सेटबाट सार्वजनिक भएको तस्वीरमा दुवै कलाकार ‘वरवधु’ लुक्समा देखिन्छन् ।

२२ दिनको सेड्युल रहेको फिल्मको सम्पूर्ण छायांकन नेपालमै हुने भएको छ । निरहुवा र अमरपाली बाहेकका अन्य कलाकार नेपालबाटै छन् । फिल्मलाई मनोज नारायणले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?