+
+

पर्सामा दुई नाले बन्दुकसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १८:१९

२४ चैत, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट बन्दुकसहित ३ जनालाई पक्रेको छ । पर्सागढी नगरपालिका– ५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, ५५ वर्षीय रामजी ठाकुर र एक १६ वर्षीय युवक पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट सुपर क्वालिटी लङ रेञ्ज लेखिएको दुई नाले बन्दुक १ थान, बन्दुकमा लाग्ने कार्टिज १ थानसमेत बरामद भएको सशस्त्र प्रहरी बल १३ नं. हेड क्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेलले जानकारी दिए ।

बिहीबार बिहान ९ बजे सबैठवाबाट ना. ५७ प ३६२८ नम्बरको मोटरसाइकलमा पर्सागढीतर्फ जाँदै गर्दा पर्साको विन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट उनीहरु बन्दुक सहित पक्राउ परेका उनले बताए ।

हतियार, मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?