+
+

डोटीका एक गाउँपालिकामा एमाले र कांग्रेसले टुंग्याए उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते २१:३३

२४ चैत, डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि डोटीमा नेपाली कांग्रेस र नेकपा एमालेले एक/एक गाउँपालिकामा अध्यक्षका उम्मेदवार टुंग्याएको छ ।

बिहीबार नेकपा एमाले जोरायल गाउँ कमिटीको बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको हो ।

गाउँपालिका अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई उम्मेदवार चयन गरेको एमाले जोरायल गाउँ कमिटी अध्यक्ष तीर्थ भण्डारीले जानकारी दिए । ओझा र बोहरा दुबै २०७४ को निर्वाचनमा निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

यस्तै, नेपाली कांग्रेसले सायल गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा धर्मराज जोशीलाई सर्वसम्मत चयन गरेको छ । कांग्रेस डोटी सचिव गणेश खड्काले कांग्रेस गाउँ इकाई समितिले जोशीलाई सर्वसम्मत गरेको बताए । कांग्रेसले उपाध्यक्षमा भने टुंगो लाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?