+
+

लिभरपुलका लागि भाग्यशाली लुइज

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १३:४९

२५ चैत, काठमाडौं । जनवरीमा ४५ मिलियन युरोमा लिभरपुलमा आबद्ध भएका कोलम्बियन फरवार्ड  लुइज डियज क्लबका लागि भाग्यशाली सावित भएका छन् ।

टोटनहम, चेल्सी र लेसिस्टर सिटीसँग हार व्यहोरेपछि लिभरपुलले जनवरीमा लुइजलाई ल्याउने फैसला गरेको थियो ।

‘समरमा खेलाडी अनुबन्ध गर्ने हो भने जनवरी अत्यधिक उपयुक्त समय हो, लुइजको हकमा पनि त्यहि भयो’, लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले भने, ‘उनी उत्कृष्ट खेलाडी हुन् । हामी जस्तो खेलाडी चाहन्थ्यौं उनी त्यसमा खरो उत्रन सके ।’

च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बेनफिकाका समर्थकले लुइजलाई प्रतिकुल वातावरण सिर्जना गरे पनि उनले लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लिभरपुलले बेनफिकाविरुद्ध ३–१ को जित निकालेपछि प्रशिक्षक क्लोप निकै खुसी देखिन्थे । उनले खेलपछि लुइजको खुलेर प्रशंशा गरे । क्लोपले भने, ‘उनी विश्वका उत्कृष्ट खेलाडी हुन् । लुइजसँग काम गर्न पाउँदा म एकदमै खुसी छ ।’ उनले जनवरीमा लुइजलाई लिभरपुलमा अनुबन्ध गर्नु निकै राम्रो निर्णय रहेको बताएका छन् ।

लुइजले लिभरपुलमा अनुबन्ध भएपछि ३ गोल र एक असिस्ट गरेका छन् । उनको आगमन पश्चात लिभरपुलले १३ खेलमा जित, एक खेल बराबरी र एक खेलमा मात्र हार बेहोरेको छ । कराबाओ कप जित्नु, एफए कपको सेमिफाइनलमा पुग्नु, प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग १ अंकको मात्र भिन्नता कायम गर्नु उनको आगमन पश्चात लिभरपुलले पाएको सफलता हो ।

लिभरपुलका प्रशिक्षक क्लोप ।

‘आश गरेको जस्तै खेलाडी पाउनु र उनको प्रदर्शन पनि आश गरे अनुरुप हुनु निकै राम्रो पक्ष हो’, क्लोपले भने, ‘जुइजलाई प्रशिक्षणमा देख्नु र पिचमा उतारिसकेपछि उनको प्रदर्शन निकै फरक हुने गदर्छ ।’ लुइजले नयाँ क्लबमा खेल्दा पनि एकदमै सहजता पूर्वक खेल्ने कारणले पनि उनीसँग काम गर्न सहज भएको क्लोपले बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?