+
+

मनिषालाई भेटेपछि सन्तोष साहले भने- तपाईंको लागि खाना पकाउन अधैर्य छु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १५:०६

काठमाडौं । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साहसहितको टोली यतिबेला नेपाल भ्रमणमा छ । दुई साता नेपालमा रहने यो बेलायती रियालिटी शोको टोलीले नेपालमा हुने विभिन्न कार्यक्रममा भाग लिनेछ ।

शुक्रबार बिहान सन्तोष र शोका फाइनलिस्टले अभिनेत्री मनिषा कोइराला र बेलायती राजदूत निकोला पोलिटसँग लञ्च लिए । तस्वीरमा सबैजना निकै प्रफुल्ल मुद्रामा देखिन्छन् ।

मनिषासँगको भेटपछि सामाजिक सञ्जालमा सन्तोष लेख्छन्, ‘अन्ततः पर्खाइ सकियो । लामो समयदेखि म यो क्षणको प्रतीक्षामा थिएँ । निकै राम्रो बैठक भयो र तपाईंको लागि खाना पकाउन अधैर्य छु ।’

नेपाली रैथाने खानाको स्वादलाई विश्वभर प्रचारप्रसार गर्ने उद्देश्य लिएका सन्तोष बीबीसीको रियालिटी शो मास्टर सेफबाट चर्चित भएका हुन् । सेफ टोली चैत २७ गते जनकपुरमा हुन लागेको मिथिला कजिन एण्ड रेसिपिजमा निर्णायकको रुपमा रहनेछ ।

यो टोली शुक्रबार पोखरा जानेछ भने अप्रिल १८ मा बेलायत फर्कने कार्यक्रम छ । नेपालमा रहँदा मास्टर सेफको टोलीले बन्जी जम्प, प्याराग्लाइडिङ, स्थानीय थारु भान्सेसँग भेटघाट र डल्ला होमस्टे अवलोकन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?