+
+

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १५:३७

२५ चैत, काठकमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो ।

स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी भएका छन् ।

कार्यक्रममा नेता-कार्यकर्ताहरू हलो, झण्डा र पम्पलेटसहित उपस्थित भएका छन् ।

तस्वीर : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?