+
+

कांग्रेस, एमाले र माओवादी असफल भए, राप्रपालाई त्यो छुट छैन : राजेन्द्र लिङदेन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १६:४५

२५ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भइसकेको आरोप लगाएका छन् ।

‘ यिनीहरू असफल हुँदा हामीलाई दुख छैन, तर देश असफल बनाउन लागे । यो हाम्रो चिन्ताको विषय हो’,  काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘उनीहरू असफल भए पनि राप्रपालाई असफल हुने छुट छैन ।’

उनले  नेपाल सीमित नेताहरूको अघोषित गठबन्धनको सिकार भएको आरोप लगाएका छन् । उनले कांग्रेस-एमाले र माओवादीको अघोषित गठबन्धनले देश बेरोजगार उत्पादन गर्ने कारखान भएको छ बताए ।

उनले कांग्रेस, एमाले र माओवादीलाई जिताएर देश बन्छ भन्नु देश बर्बाद बनाउनु भएको टिप्पणी गरे । ‘यी दलहरूको कति वर्ष म्याद थपिदिने हो भने देश बन्छ ?’ उनले प्रश्न गरे ।

अध्यक्ष लिङ्देनले कर तिर्नका लागि पनि घुस खुवाउनु पर्ने अवस्था आएको भन्दै देशको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?