+
+

सुर्खेतमा पाँच दलबीच चुनावी तालमेल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १९:०४

२५ चैत्र, सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि पाँच सत्ता गठबन्धनबीच तालमेल हुने भएको छ ।

गठबन्धनका दलहरूबीच शुक्रबार भएको छलफलबाट जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरिएको हो ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज झकबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार जिल्लाका नौ वटै पालिका, वडा सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निर्णय गरिएको छ । तर भागबन्डाको टुंगो लाग्न भने बाँकी रहेको छ ।

गठबन्धनलाई व्यवस्थित रूपमा परिचालन गर्न पाँच वटै दलबाट प्रतिनिधित्व हुनेगरी १० जनाको जिल्लास्तरीय संयन्त्र बनाइने भएको छ । उक्त संयन्त्रलाई पालिकास्तरमा विस्तार गरिने इन्चार्ज मल्लले जानकारी दिए ।

‘भागवण्डाको टुंगो भने अझै लागेको छैन । आगामी छलफलबाट लगाउँछौं । पालिकाको पदाधिकारीसहित वडाअध्यक्ष र सदस्यको समेत जिल्लास्तरबाटै भागबन्डा गर्ने तयारी भइरहेको छ,’ इन्चार्ज मल्लले भने ।

सुर्खेतमा नौ वटा स्थानीय तह र ९० वटा वडा  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?