+
+

तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १९:२२

२५ चैत,बुटवल । रुपन्देहीको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सले जितेको छ ।

तिलोत्तमा–६ स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा जेभी वारियर्सलाई ३ विकेटले हराउँदै नेपथ्यले उपाधि जितेको हो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ४ लाख रुपैयाँ र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलमा जेभी वारियर्सले १८.५ ओभरमा १०८ रन बनाएको थियो । १०९ रनको लक्ष्य नेपथ्यले १८‍.५ ओभरमै ७ विकेटको क्षतिमा भेट्टायो । उपविजेतामा जेभी वारियर्सले नगद २ लाख रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?