+
+

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले गरे पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १४:००

२५ चैत, काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार पदभार ग्रहण गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई ४ वर्षका लागि कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले कम्पनीका सबै सेवालाई आम जनताको सहज र सुलभ पहुँचमा पुर्‍याउने प्रतिबद्ध जनाए ।

कार्यालय प्रयोजनका सबै काम कारबाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने उनले बताए ।

कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने उनले बताए ।

सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्‍याउने उनले प्रतिबद्ध जाहेर गरे । पौडेल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?