+
+

३५ वर्षपछि विभाजित भयो रक्तिम सांस्कृतिक अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते २१:११

२६ चैत, काठमाडौं । नेकपा (मसाल) रक्तिम सांस्कृतिक अभियान विभाजित भएको छ। ‘जनगायक’ जीवन शर्माको नेतृत्वमा २०४३ चैत २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो ।

स्थापनाको छोटो समयमै सांगितिक क्षेत्रका चर्चा कमाएको अभियानमा ३५ वर्षपपछि विभाजन आएको हो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा पछिल्लो समय राजनीति दिसामा असन्तुष्टि जनाउँदै पार्टी छोड्नेहरु बढेका छन् ।

त्यसै क्रममा रक्तिम अभियानमा पनि विद्रोह भएको हो । चैत्र २५ गते काठमाडौंमा भेला गरी आगामी फागुनसम्ममा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरी नारायण शर्माको अध्यक्षतामा ३१ सदस्यीय रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति घोषणा भएको हो। त्यस्तै नारायण योगीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ।

भेलाले यस अघिको विधानमा भएको व्यवस्थालाई सामान्य परिमार्जन गर्दै उपाध्यक्ष र सचिवको संख्या ३–३ बनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?