+
+

पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १८:००

काठमाडौं । आगामी जेठ ६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा  ‘परेली’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । रोमान्टिक गीतमा अञ्जु पन्त र निमेश प्रधानको स्वर रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री पूजा शर्माले यो फिल्मले दर्शकमा सम्झना छाड्ने बताइन् । अभिनेता आकाश श्रेष्ठले कोरोना महामारीपछि हलमा आफ्नो फिल्म रिलिज हुन लागेकाले आफू उत्साहित रहेको बताए । ‘सम्झना बिर्सना’ पूजा र आकाशले सहकार्य गरेको चौथो फिल्म हो ।

आदित्य प्रधान निर्देशित फिल्मले नेपाल, सिक्किम र दार्जिलिङको प्रेमकथा चित्रण गर्छ । निर्देशक प्रधानले रेविका प्रधानसँग मिलेर कथा लेखेका हुन् । शिशिर राणा, सुनिल थापा र छुल्ठिम गुरुङको समेत फिल्ममा अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?