+
+

डेढ महिनामै ए डिभिजनमा ललितपुरे क्लबको पूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १८:२८

२७ चैत, काठमाडौं । फागुनमा सम्पन्न शहीद स्मारक ए डिभिजन लिगबाट पुछारमा रहँदै ललितपुरका दुई क्लब च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परे । शीर्ष श्रेणीबाट एकै सिजन दुई क्लब रेलिगेसनमा पर्दा ललितपुरको क्लब घटेको थियो ।

तर एक महिनापछि नै बी डिभिजन लिगबाट ललितपुरकै दुई क्लब ए डिभिजनमा बढुवा भए । चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लब बी डिभिजनको शीर्ष दुईमा रहेर अर्को सिजनको ए डिभिजन लिगमा स्थान बनाउन सफल भए ।

चर्च ब्वाइज पहिलो प्रयासमै बी डिभिजन लिगको च्याम्पियन बन्दा खुमलटार दोस्रो भयो ।

यसअर्थमा ललितपुरका क्लबले छाडेको खाली ठाउँ ललितपुरकै क्लबले पूरा गरेको छ । सी डिभिजन च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको पहिलो सिजनमै चर्च ब्वाइज च्याम्पियन बन्दै शीर्ष श्रेणीमा उक्लेको हो ।

खुमलटार भने अघिल्लो सिजन पनि ए डिभिजनको नजिक थियो । तर बी डिभिजनमा दोस्रो भए पनि एक टिम मात्र ए डिभिजनमा उक्लने प्रावधान रहेकोले उसले त्यो मौका गुमायो । एक वर्षको प्रतिक्षापछि अन्तत खुमलटार पनि ए डिभिजनमा पुगेको छ ।

काठमाडौंको रानी पोखरी कर्नर टिम (आरसीटी) लाई हेड टु हेडमा पछि पार्दै दोस्रो बनेर खुमलटार ए डिभिजनमा उक्लियो ।

आइतबार दशरथ रंगशालामा आरसीटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा एन्फा कम्प्लेक्समा अन्तिम समयमा गोल गर्दै सामाजिक युथ क्लबलाई २-१ ले पराजित गरेपछि दुवैको समान २२ अंक भयो । तर लिगमा आरसीटीलाई हराउने खुमलटार हेड टु हेडमा भाग्यमानी बनेको हो ।

लिग विजेता चर्च ब्वाइजले १५ लाख रुपैयाँ र उपविजेता खुमलटारले १० लाख रुपैयाँ र तेश्रो भएको आरसीटीले ८ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

मध्यपूर युथ एशोसिएशनले फेयर प्ले अवार्डसहित एक लाख रुपैयाँ पाएको छ ।

चर्च ब्वाइजका आशिष चौधरीले उत्कृष्ट खेलाडी बन्दै १ लाख रुपैयाँ पाए भने ११ गोल गरका आशिष चापागाईँ सर्वाधिक गोलकर्ता बने । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?