+
+

सीमित नेताका कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्‍यो : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १८:३८

२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दल र तिनका सीमित नेताको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे व्यवस्था भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए ।

उनले जनताको अवस्था परिवर्तन नहुँनुमा सीमिति पार्टी र तिनका सीमित नेताले देश बन्धक बनाएका कारण देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखाना भएको जिकिर गरे ।

उनले भने, ‘ २०४६ सालपछि शासन सत्तामा रहेका दलहरुले देशलाई असफल राष्ट्र बनाउन उद्दत गराए । ३ दशकमा १ हजार जनालाई रोजगारी दिन सकेन । उद्योग समेत खोल्न सकेन। त्‍यसकारण वर्तमान राजनैतिक दल पूर्णरुपमा असफल भयो।’

अध्यक्ष लिङ्देनले देश झन्झन् गरिब हुँदै जानु, वैदेशिक ऋणको भार पछिल्ला वर्षहरुमा बढ्नु र यूवा शक्ति परिवार पाल्नकै लागि खाडी मुलुकमा जान बाध्य पार्ने मुख्य जिम्मेवारी नेपाली काँग्रेस, एमाले, माओवादीले लिनुपर्ने जिकिर गरे ।

अध्यक्ष लिङ्देनले ३ करोड नपुगेको देशको ५०औ लाख यूवा जनशक्ति परिवार पाल्न खाडी मुलुक जान बाध्य भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?