+
+

टेवल टेनिस दिवसमा १०० बालबालिकालाई प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १८:४५

२७ चैत, काठमाडौं । विश्व टेवल टेनिस दिवसका अवसरमा नेपालमा पनि साताव्यापी प्रचारमुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

विश्व टेवल टेनिस महासंघ फाउण्डेसन जर्मनीले नियुक्त गरेका आधिकारिक प्रमोटर नरेश रावलले साताव्यापी कार्यक्रमको आयोजना गरेका थिए ।

स्ट्याग सरोज टेवल टेनिस फर अल क्लबमार्फत गरिएको कार्यक्रममा १०० जना जुनियर खेलाडीको सहभागिता थियो । कार्यक्रममा खेलाडीहरुलाई टेवल टेनिसबारे आधारभूत ज्ञान दिनुका साथै खेल सामग्री पनि हस्तान्तरण गरिएको थियो ।

खेलाडीले ब्याट/बल नियन्त्रण, स्ट्रोक प्रहार गर्ने भिडियो प्रदर्शनदेखि मनोरन्जनात्मक गतिविधि र जिउ सन्तुलन गर्ने कलाबारे ज्ञान पाएका थिए ।

विश्व टेवल टेनिस महासंघ फाउण्डेसनले दिवसको उपलक्ष्यमा विश्वभरबाट २५ जना प्रशिक्षक छनोट गरी प्रोमोटरको जिम्मेवारी दिएको थियो ।

आईटीटीएफ लेभल टू प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायर रावलले पिङ पोङ कूटनीतिमा आधारित साताव्यापी कार्यक्रम सञ्चालन  का लागि अवसर प्रदान गरेकोमा आईटीटीएफ र अखिल नेपाल टेवल टेनिस संघलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?