+
+

शाहिदको ‘जर्सी’ ‘केजीएफ-२’सँग नजुध्ने, अब अप्रिल २२ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते ११:५६

काठमाडौं । शाहिद कपुर स्टारर ‘जर्सी’को रिलिज मिति पछि सरेको छ । बलिउड हंगामाका अनुसार अब यो फिल्म अब अप्रिल २२ मा प्रदर्शन हुनेछ ।

कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को चर्चाबीच बलिउड फिल्म ‘जर्सी’को प्रदर्शन पछि सरेको छ । यो मितिमा भारतीय बक्स अफिसमा अब यश स्टारर ‘केजीएफ-२’ एक्लै रिलिज हुनेछ ।

कोरोना महामारीले यसअघि पनि पोस्टपोन्ड भएको शाहिदको यो फिल्म पुनः सरेको हो । यसअघि सन् २०२१ को डिसेम्बरमा रिलिज हुने भनिएको फिल्म कोरोनाको तेस्रो लहरले पोस्टपोन्ड भएको थियो ।

फिल्मको रिलिज मिति सारिएको विषयमा निर्माता अमन गिलले भने, ‘हाम्रो टिमले फिल्ममा रगत, पसिना र आँशु बगाएको छ । हामी व्यापक दर्शकमाझ पुग्न चाहन्छौं र अहिलेलाई रिलिज पोस्टपोन्ड गरेका छौं ।’

फिल्ममा शाहिद कपुर, मृणाल ठाकुर, पंकज कपुर र रोनिता कार्माको मुख्य भूमिका छ । गौतम तिनौरी निर्देशित फिल्मले एक ‘अण्डरडग’ युवकले सफल क्रिकेटर बन्न गरेको संघर्ष प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?