+
+

वैशाखदेखि कात्तिकसम्मका लागि १७ फिल्मले तय गरे रिलिज मिति (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १६:५७

काठमाडौं । नयाँ वर्ष २०७९ सुरु हुन लागेसँगै फिल्मले प्रदर्शन मिति घोषणा गर्ने क्रम पनि सुरु भएको छ । कोरोना महामारीले दुई वर्ष प्रदर्शन हुन नसकेका फिल्म अन्ततः रिलिजको तयारीमा जुटेका छन् ।

वैशाख १ गतेदेखि तिहारको लक्ष्मीपूजाको दिनसम्मै फिल्म प्रदर्शनको लाइन छ । वैशाख १ गतेदेखि प्रदर्शन हुने ‘ए मेरो हजुर ४’देखि कात्तिक ६ गते प्रदर्शन हुने ‘परस्त्री’सम्मको मिति तय भइसकेको छ । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’लाई झरना थापाले निर्देशन गरेकी हुन् ।

वैशाख १६ गते सौगात मल्ल र दीया पुनको ‘मन्त्र’ रिलिज हुने तयारीमा छ । वैशाख २३ गते मल्टिस्टारर फिल्म ‘लक्का जवान’ प्रदर्शन हुनेछ । दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत स्टारर फिल्मलाई शिवहरि पौड्यालले निर्देशन गरेका हुन् ।

मिलन डी काप्री निर्देशित र कर्मा अभिनित ‘षट्कोण’ पनि वैशाख २३ गते आउने निश्चित छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डीः द फाइनल म्याच’ जेठ १३ गते रिलिज हुने तयारीमा छ ।

जेठ २७ गते ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसीद’ले मिति तय गरेको छ । असार ३ गते दीपेन्द्र खनाल निर्देशित र स्वस्तिमा खड्का स्टारर फिल्म ‘चिसो मान्छे’ रिलिजको तयारीमा छ । भदौ ३ गते पुष्प खड्का र श्रद्धा क्षेत्री स्टारर ‘कृष्णलीला’ले रिलिज मिति तोकेको छ ।

यसैगरी भदौ ३ गते नै ‘प्रेमगञ्ज’ प्रदर्शनमा आउँदैछ । परिच्छेद सेनले निर्देशन गरेको यो फिल्ममा बेनिशा हमाल र तेज गिरीको मुख्य भूमिका छ । भदौ १० गते खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ प्रदर्शनको तयारीमा छ । यही मितिमा प्रदीप खड्का स्टारर ‘प्रकाश’ पनि प्रदर्शन हुने जनाइएको छ । दिनेश राउत निर्देशित यो फिल्ममा दीया मास्केको समेत मुख्य भूमिका छ ।

भदौ २४ मा सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’ प्रदर्शन हुँदैछ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

भदौ ३१ मा सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ले प्रदर्शन मिति तया गरेको छ । यही मितिमा सौगात मल्ल र अनुपविक्रम शाहीको ‘लाखे’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगे दाउ’ प्रदर्शन हुनेछन् ।

दयाहाङ राई, उगेन छोदेन र सौगात मल्ल अभिनित फिल्म ‘२ नम्बरी’ कात्तिक ४ गते रिलिज हुने तयारीमा छ । यस्तै सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’ले कात्तिक ६ गतेलाई रिलिज मिति तोकेको छ ।

चलचित्र प्रदर्शनसम्बन्धी कार्यदलले एक साताको अन्तरमा फिल्म रिलिज गर्न पाइने र जुधाउन नपाइने नियम ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?