+
+

सरकारको इन्धन खर्च कटौती गर्ने अर्थ मन्त्रालयको प्रस्ताव

विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १७:२९

२८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् ।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए । महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको अर्थमन्त्री शर्माले बताए ।

सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्ने उनले बताए । ‘हामीले गरेको प्रस्ताव मुख्यसचिव ज्युको समितिले अध्ययन गरिरहेको छ,’ उनले भने,’विप्रेषण आय बढाउने गरी वैदेशिक रोजगारीमा रहेकाहरुले लगानी गर्ने सञ्चित कोष बनाउने, आईपीओ र एफपीओमा कोटा दिने, रेमिट्यान्स कम्पनीलाई वालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव गरेका छौं ।’

उनले भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने र वैदेशिक लगानी ल्याउन हेजिङ लगायतका दीर्घकालीन निर्णय गर्ने पनि उनले बताए । उनले आयात नियन्त्रणका लागि पनि कदमहरु चालिएको र आवश्यक्ताअनुसार थप चालिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?