+
+

गुजरातका कप्तान पाण्ड्याको एउटा निर्णयले गुमेको खेल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १३:१८

२९ चैत, काठमाडौं । सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले सानदार ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार गुजरात टाइटन्स विरुद्ध ८ विकेटको जित दिलाए ।

लगातार दुई हारबाट सिजनको सुरुवात गरेको हैदरावादको यो लगातार दोस्रो जित हो । कप्तान विलियम्सनले कप्तानी पारी खेल्दै ४६ बलमा ५७ रन बनाए । टी-२० मा विलियम्सनको लागि यो ढिलो पारी हो । तर उनले चार छक्का र २ चौका प्रहार गरे । जसका कारण उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

यद्यपी गुजरात टाइटन्सले एक क्षणमा नचुकेको भए न विलियम्सनले यो स्कोर बनाउन सक्थे । अझ खेलको रुप पनि बदलिन सक्थ्यो । चुक्ने खेलाडी कोही नभएर गुजरातका कप्तान हार्दिक पाण्ड्या थिए ।

केन विलियम्सन खेलको पहिलो ओभरमै आउट भएका थिए । हैदरावादका लागि ओपनिङ गरेका विलियम्सन मोहम्मद शामीले फालेको चौथो बलमा आउट थिए । शामीको बल मिडिल स्टम्पतर्फ गएको थियो । जहाँ विलियम्सन त्यसलाई खेल्न चुकेका थिए । त्यसबेला शामी र गुजरातका विकेटकिपर म्याथ्यु वेडले एलबीडब्लुको अपिल गरेका थिए ।

तर म्याच अम्पायरले विलियम्सनलाई आउट दिएनन् । पहिलो झलका बल इन साइड एज लागेर प्याडमा लागेको जस्तो थियो ।

यस्तोमा हार्दिक पाण्ड्यासामु रिभ्यु लिने अवसर थियो । वेडले दुई-तीन पटक कप्तानसँग रिभ्युका लागि आग्रह समेत गरे । तर हार्दिक त्यसमा सहमत भएनन् । त्यतिबेला विलियम्सन २ रन बनाएर खेलिरहेका थिए । बल ट्रयाकिङ रिभ्यु सिस्टमले खेलको अर्को ओभरमा देखायो कि विलियम्सनको ब्याटले बललाई लागेको थिएन र उनी विकेटको अघि नै खडा थिए ।

यदि हार्दिक पाण्ड्याले रिभ्यु लिएको भए विलियम्सन आउट हुन्थे । यो एक चुकाइले गर्दा गुजरातले महत्वपूर्ण २ अंक गुमाउन पुग्यो ।

केन विलियम्सनलाई १७औं ओभरको पहिलो बलमा गुजरातका कप्तान हार्दिकले नै राहुल तेवाटियाबाट क्याचआउट गराए । तर त्यतिबेला ढिला भइसकेको थियो । विलियम्सनको ५७, अभिषेक शरमको ४२ अनि निकोलस पुरनको १८ बलमा अविजित ३४ रनमा हैदरावादले पाँच बल अगावै २ विकेट गुमाएर गुजरातले दिएको १६३ रनको लक्ष्य पूरा गर्‍यो ।

निर्णायक क्षणमा चुकेका हार्दिकले खेलमा भने अलराउण्ड प्रदर्शन गरे । उनले सुङ्गरा ब्याटिङमा ४२ बलमा अविजित ५० रन बनाए । यस्तै उनले एक छक्का प्रहार गर्दै आईपीएलमा १०० छक्का समेत पूरा गरेका छन् ।

आक्रमक ब्याटिङ गर्ने छवि बनाएका हार्दिकले सनराइजर्स विरुद्ध भने त्यो लय देखाउन सकेनन् । एक छेउबाट निरन्तर विकेट जाँदा उनले एक छेउ सम्हालिरहे ।

उनको पारीमा ४ चौका र १ छक्का हटाउने हो भने ३७ बलमा जम्मा २८ रन मात्र हुन्छ । यद्यपि हार्दिकको अर्धशतक अनि अभिनव मनोहरको २१ बलमा ३५ रनको मद्दतमा गुजरातले १६० रन कटाएको थियो ।

कप्तान हार्दिकले बलिङमा ४ ओभर बलिङ गर्ददे २७ रन खर्चेर १ विकेट लिए । तर टिमका बाँकी बलरले सनराइजर्सका विलियम्सन, अभिषेक शर्मा र निकोलस पुरनलाई नियन्त्रणमा लिन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?