+
+

ह्यारी पोर्टरको फिल्म ‘फ्यान्टास्टिक बिट्स’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १३:४८

काठमाडौं । ‘ह्यारी पोर्टर’ फेम्ड लेखिका जेके रोलिङको नयाँ फिल्म ‘फ्यान्टास्टिक बिट्सः द सेक्रेट्स अफ डम्बलडोर’ आगामी शुक्रबार नेपालमा रिलिज हुँदैछ ।

ह्यारी पोर्टर र ‘फ्यान्टास्टिक बिट्स’का दर्शकमाझ यो फिल्म विश्वभर प्रतीक्षित छ । किनभने लामो समयको पर्खाइपछि रोलिङको फिल्म हलमा आउँदैछ । रोलिङ लिखित अघिल्ला फिल्मले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

रिलिज हुन तीन दिन बाँकी रहँदा डेभिड यट्स निर्देशित फिल्मले अन्तिम ट्रेलर सार्वजनिक गरेको छ । वार्नर ब्रोजले सार्वजनिक गरेको दुई मिनेट लामो ट्रेलरमा ह्यारी पोर्टरको फ्यान्टासी विश्वका पात्र र उनीहरुको संघर्षलाई चित्रण गरिएको छ । नेपालमा फिल्मलाई एप्पल इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

अंग्रेजी फिल्म रुचाउने नेपाली दर्शकमाझ यो फिल्म रोजाइ बन्नसक्छ । सन् २०१८ मा नेपालमा रिलिज भएको ‘फ्यान्टास्टिक बिट्स’को अघिल्लो सिरिज ‘द क्राइम्स अफ ग्रिन्डेलवाल्र्ड’ले नेपालमा राम्रो कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?