+
+

सुनिल-झरनाको आक्रोश : आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १४:४०
फाइल तस्वीर

काठमाडौं । आगामी बिहीबार ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज हुने भएपछि फेरि एकपटक ‘विदेशी फिल्मको प्रभुत्व’को विषयले स्थान पाएको छ ।

फिल्म प्रदर्शनमा राष्ट्रवादको मुद्दाले स्थान पाएपछि सामाजिक सञ्जालका भित्ता विभाजित देखिन्छन् । यस्तोमा नेपाली फिल्मका निर्माता, निर्देशक र कलाकारले विदेशी फिल्मको प्रभुत्वका विषयमा आक्रोश पोखेका छन् ।

यस विषयमा ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापा सबैभन्दा बढी आक्रोशित छन् । नहुन् पनि किन ? शो विभाजनलाई लिएर उनको फिल्म विदेशी फिल्मको पेलानमा परेको देखिन्छ ।

दुवै जनाले फेसबुकमा स्टाटस लेख्दै यसबारे क्रुद्ध प्रतिक्रिया दिएका छन् । विदेशी फिल्मको दबदबालाई लिएर सुनिल र झरनाले आ-आफ्नो टाइमलाइनमा लेखेका छन्, ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नुपरेको छ । भोलि तपाईंले पनि लड्नुपर्ने नै छ । बुढी मरी भन्दा पनि काल पल्किएको हेक्का राख्नु हुन विनम्र अनुरोध छ । आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्छ त ?’

साथै, उनीहरुले थापाले फिल्मको रिलिज पछि सर्ने भन्ने हल्लाको पनि खण्डन गरेका छन् । उनी लेख्छन्, ‘कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाहा पायौं । यसमा हामीलाई दुःख लागेको छ । चाहे जस्तोसुकै परिस्थिति आओस्, हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?