+
+

नेप्से परिसूचक २३०० को लाइनमा, कारोबार रकम पनि खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १५:५०

२९ चैत, काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ७८ अंकले घटेर २३ सय ८५ दशमलव ०२ अंकमा घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५२ अंकले घटेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम समेत सुस्ताएको छ । सोमबार पनि २ अर्ब माथिको सेयर कारोबार भएकोमा मंगलबार डेढ अर्बमा खुम्चिएको छ । दिनभर भएका ३१ हजार ५७६ कारोबारबाट ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा रोकिएको छ ।

बजार घटे पनि केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ । मंगलबार सबैभन्दा धेरै सेयर मूल्य बढ्ने पहिलो नम्बरमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था देखिएको छ । यस संस्थाको सेयरमूल्य १८७ रुपैयाँले बढेर २ हजार ५७ रुपैयाँ पुगेको छ । दोस्रो नम्बरमा एनआईशी एशिया सेलेक्ट फण्डको मूल्य ३.५३ प्रतिशतले बढेर ८ रुपैयाँ ८० पैसामा पुगेको छ । यसैगरी विजय लघुवित्त वित्तीय संस्था र मनकामना लघुवित्त वित्तीय संस्थाको पनि करिब २ प्रतिशतले सेयरमूल्य बढेको छ ।

धेरै सेयरमूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा भने इमर्जिङ नेपाल कम्पनी देखिएको छ । यो कम्पनीको सेयर मूल्य ६६ रुपैयाँले घटेर ९३५ रुपैयाँमा झरेको छ । धेरै गुमाउने भने हाइड्रोपावरका कम्पनीहरुका लगानीकर्ताहरु छन् । ङ्यादी हाइड्रोपावरको सेयरमूल्य २५.९० रुपैयाँले घटेर ४०१.१० रुपैयाँमा झरेको छ भने घलेम्दी हाइड्रोको सेयरमूल्य १७ रुपैयाँले घटेर २७१ रुपैयाँमा झरेको छ ।

यसैगरी राष्ट्रउत्थान लघुवित्तको सेयरमूल्य ७४ रुपैयाँले घटेर १३०६ रुपैयाँमा झरेको छ भने हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य १४.१० रुपैयाँले घटेर २५० रुपैयाँमा र आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य १२.९० रुपैयाँले घटेर २४८.१० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?