+
+

३८२ एम्पुल लागु औषधसहित पर्साबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १७:०१

२९ चैत, पर्सा । प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिरी नगरपालिका-७ बस्‍ने २४ वर्षीय बाङचुङ शेर्पा रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा १६ बसपार्कस्थित पैदल हिडिरहेका उनलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १२८ एम्पुल डाइजेपाम, २८ एम्पुल नूफिन, १२६ एम्पुल फेनेरगन र १०० एम्पुल बुप्रिनूफिन गरी जम्मा ३८२ एम्पुल लागु औषध बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?