+
+

दमौलीमा बैंकिङ शिक्षा कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १७:२३

तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता’ भन्ने मुल नाराका साथ नेपाल राष्ट्र बैंक, हिमालय टेलिभिजन, अनलाईन खबर डटकम र नबिल बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल राष्ट्र बैंकका निर्देशक, सहप्रवक्ता तथा सुचना अधिकारी नारायण प्रसाद पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई वित्तिय ज्ञानको महत्वको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै विद्यर्थीहरुलाई वित्तिय ज्ञान र यसका फाइदाका बारेमा प्रशिक्षण दिए ।

कार्यक्रममा बोल्दै ‘बैंकिङ्ग शिक्षा’ कार्यक्रमका संयोजक राजु ढुंगेलले समाजमा वित्तीय ज्ञानको महत्वको विषयमा प्रकाश पारे उनले भने, ‘बैंकिङ्ग शिक्षा कार्यक्रम समाज परिर्वतनका लागि हो । हामीले विभिन्न बैंक तथा वित्तिय संस्था सँगको सहकार्यमा आयोजना गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई वित्तिय ज्ञान लिन र बचत गर्ने बानीको विकाश हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ यस्तै कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले क्षमता र आवश्यकता अनुरुप खर्च व्यवस्थापन गर्न नसके मान्छे अपाङ्ग सरह हुने बताए ।

उनले भने, ‘विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना सेवा विस्तार गर्दै गर्दा आम मानिसले पनि कमाएको रकम क्षमता अनुसार खर्च र बचत गर्नु पर्दछ ।’ साथै, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) युवराज खड्काले तनहुँमा चेक वाउन्स र विद्युतिय माध्यमबाट हुने अपराध जस्ता बैंकिङ कसूरका घटनाहरु बढ्दो क्रममा रहेको जानकारी दिए । उनले भने, ‘वित्तिय साक्षरताले यस्ता विषयमा सजगता अपनाउनका लागि सहयोग गर्छ ।’ नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोकाले बैंक र यसले दिने सेवा सुविधाका बारे जानकारी राख्ने मान्छेले छिटै प्रगती गर्न सक्ने र यसबारे ज्ञान नहुनेले थुप्रै सेवाबाट वञ्चित हुन परेको बताए । उनले भने, ‘प्रविधि र वित्तिय क्षत्रको विकासका कारण हाम्रो दैनिकी निकै सहज भएको छ ।’

आदिकवि भानुभक्त क्यामपसका प्रमुख महाप्रसाद हड्खलेले वित्तिय साक्षरताको अभियानमा सरिख हुन पाउनु एउटा ठुलो अवसर भएको बताए । उनले कार्यक्रम आयोजकलाई धन्यवाद दिँदै भने, ‘सामुदायिक क्याम्पसका विद्यार्थीहरुले सिमित श्रोत साधनमा दुःख गरेर पढ्नुपर्ने हुन्छ । यसरी बाहिरबाट आउने यस्ता कार्यक्रमले विद्यार्थीहरुले अत्यन्तै सहयोग पुग्दछ । विद्यालय स्तरमा यस्ता कार्यक्रमहरु सञ्चालन हुँदा विद्यार्थीहरुको ज्ञान र सिप टेवा पुग्दछ ।’ कार्यक्रममा क्याम्पसका विद्यार्थीहरु, स्थानीय र अन्य विशिष्ट व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative