+
+

इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते २०:०५

२९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि ऋण प्रक्रिया अघि बढेको आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको आग्रहपछि बैंकले ऋण उपलब्ध गराउने जानकारी दिएको तर सरकारको जमानी माग गरेको निगमका नायव कार्यकारी निर्देशक एवं आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए । ‘तत्काललाई २ अर्ब रुपैयाँ उपलब्ध गराउने बचन आएको छ, सरकारी जमानीका लागि वाणिज्य मन्त्रालयमार्फत अर्थमा प्रस्ताव पठाइएको छ’ साहले भने ।

उनकाअनुसार आगामी २३ तारिखमा इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १५ अर्ब हाराहारी रकम बुझाउनु पर्छ । जसका लागि अपुग रकम बैंकसँग मागिएको हो । निगमको मूल्यस्थिरीकरण कोषमा अब ३० करोड रुपैयाँ बाँकी रहेको र बजारको दैनिक कारोबारबाट त्यस अवधिमा १५ अर्ब हाराहारी रकम उठ्ने साहले बताए ।

‘बजारबाट उठेको रकमको केही रकम राजस्वमा पनि जाने भएकाले अपुग रकम मागेको हौं, अर्थले ग्यारेन्टी दिए ऋण माग बराबरको रकम प्राप्त हुनेछ’ साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?