+
+

जुम्ल्याहा सन्तानलाई जन्म दिंदै रेनशा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १२:१०

काठमाडौं । निर्देशक रेनशा बान्तवा राई आमा बन्ने तयारीमा छन् । आगामी सेप्टेम्बरमा उनी जुम्ल्याहा सन्तानलाई जन्म दिने तयारीमा छिन् । अहिले उनको गर्भमा पाँच महिनाको सन्तान हुर्किरहेका छन् ।

‘म एकदमै खुसी र घरमै आराम गरिरहेकी छु,’ अनलाइनखबरसँग रेनशाले भनिन्, ‘अहिले मेरो प्राथमिकता परिवार भएकाले अहिले घरमै केन्द्रित छु ।’

रेनशा निर्देशित फिल्म ‘आईएम ट्वान्टी वान’ पनि रिलिजको तयारीमा छ । धीरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई आगामी फागुनमा रिलिज गर्ने तयारी छ ।

‘परिवार मेरो पहिलो प्राथमिकता हो । तत्काल रिलिजको स्थिति पनि ठीक छैन । ढिलो आएपनि फिल्मको कथावस्तुलाई फरक पर्दैन,’ उनले भनिन् ।

रेनशा हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’की निर्णायक समेत हुन् । गर्भवती अवस्थामा पनि शोमा उनी उपस्थित भइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?