+
+

दीपेन्द्र अलराउण्डरतर्फ आईसीसीको शीर्ष १० मा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १५:०६

३० चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्ड दीपेन्द्र सिंह ऐरीले आईसीसी विश्व वरियतामा ऐतिहासिक उपलब्धी हासिल गरेका छन् ।

दीपेन्द्र आईसीसी टी-२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ विश्वकै शीर्ष १० मा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बुधबार अपडेट गरेरको नयाँ वरीयतामा दीपेन्द्र अलराउण्डरतर्फ दशौं स्थानमा अटाएका हुन् ।

नेपाली क्रिकेटमा हाल स्टारको रुपमा रहेका दीपेन्द्रले नेपालमै भएको त्रिकोणात्मक टी-२० श्रृंखलामा अलराउण्ड प्रदर्शन गर्दै म्यान अफ दि सिरिज घोषित भएका थिए ।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित श्रृंखलामा उनले अलराउण्ड प्रदर्शन गर्दै एक शतक र दु अर्धशतक मद्दतमा सर्वाधिक २५५ रन बनाएका थिए ।

यस्तै बलिङमा ७ विकेट लिएका थिए । फाइनलमा उनले पपुवा न्युगिनी विरुद्ध ब्याटिङमा अर्धशतक बनाएका थिए भने बलिङमा ४ विकेट लिएका थिए ।

सोही श्रृंखलाबाटै दीपेन्द्र नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने समेत दीपेन्द्र पहिलो खेलाडी बनेका छन् ।
दीपेन्द्र टी-२० को ब्याटिङतर्फ पनि सुधार गर्दै ३८औं स्थानमा उक्लेका रछन् । कुशल भुर्तेल ३६औं स्थानमा छन् । कुशलको ओपनिङ जोडी आसिफ शेखले पनि शीर्ष सयमा इन्ट्री मारेका छन् । आसिफ शेख ९९ औं स्थानमा छन् ।

यस्तै टी-२० को बलरतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३८औं स्थानमा छन् भने तिव्र गतिका बलर अविनाश बोहरा ८६ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?