+
+

त्रिकोणात्मक टी-२० श्रृंखलाको विजेता खेलाडीलाई जनही २ लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १५:४२

३० चैत, काठमाडौं । नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० श्रृङ्खलाको विजेता नेपाली टिमका खेलाडीलाई सरकारले नगद पुरस्कार दिने भएको छ ।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको श्रृखंलाको उपाधि जितेको नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । अब श्रृंखला खेलेका १६ खेलाडीले २-२ लाख पाउनेछन् ।

नेपालले श्रृंखलामा अपराजित रहँदै उपाधि जित्ने क्रममा ५ वटै खेल जितेको थियो । यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई नगद १ लाख ५० हजार र अन्य अफिसियललाई जनही १ लाख रुपैयाँ प्रदान गरिने भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?