+
+

घोराहीको मेयरमा एमालेबाट चौधरी र न्यौपानेको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते २०:१८

३० चैत, दाङ । घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट दुईजनाको नाम सिफारिस गरिएको छ ।

एमाले दाङ घोराही उपमहानगर कमिटिले हालका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरिएको जनाएको छ ।

हालका मेयर चौधरी पुनः प्रमुख पदमा आकांक्षी छन् भने उपप्रमुख सीता सिग्देल न्यौपाने पनि आकांक्षी छिन् ।

मेयर चौधरी नेकपा एमालेको पोलिट ब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । त्यस्तै उपमेयर न्यौपाने केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सह-इन्चार्ज हुन् ।

उपप्रमुख न्यौपानेले ७४ सालको स्थानीय तहको चुनावमा पनि मेयर पदमा दावी गर्दै आएकी थिइन् । न्यौपाने यसपटक भने आफूले मेयर पदमा टिकट पाउनुपर्ने पार्टीमा माग राख्दै आएकी छिन् ।

त्यस्तै घोराहीको उप–प्रमुख पदमा दुई जनाको नाम सिफारिस गरिएको नगर कमिटीको स्रोतले जनाएको छ ।

उप–प्रमुखमा हुमा डिसी र हिरा पुनको नाम सिफारिस गरिएको छ । डिसी अखिल नेपाल महिला संघ दाङको जिल्ला अध्यक्ष हुन् भने पुन पार्टीको जिल्ला उप-सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?