+
+

नेपाली हलमा ‘केजीएफ-२’को नयाँ-नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १२:१२

काठमाडौं । नेपाली सिनेमा हलमा दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ले नयाँ नयाँ रेकर्ड राखिरहेको छ । यो फिल्मका लागि नेपालमा अहिलेसम्मकै बढी शो राखिएको छ भने अग्रिम टिकट बिक्री पनि सर्वाधिक भएको छ ।

दर्शकहरुमा ‘केजीएफ-२’को क्रेज यतिसम्म देखिएको छ कि आइतबारसम्मका लागि अधिकांश मल्टिप्लेक्समा अग्रिम टिकट बिक्री भइरहेको छ । यस्तो अवस्थामा केही मल्टिप्लेक्सले बिहान ३ बजेको समेत शो राखेका छन् ।

काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा बिहीबार बिहान ३ बजेको शो राखिएको थियो भने चावहिलस्थित एफक्युब सिनेमाजमा बिहान ४ बजेको शो राखिएको थियो ।

बिहान सबेरैका शोमा समेत दर्शकको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ । यो फिल्मका लागि राति साढे १० बजेसम्म पनि शो राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?