+
+

मुकुन र मेनुकाको ‘गणपति’को फस्टलुक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १२:४९

काठमाडौं । नयाँ वर्षको अवसर पारेर फिल्म ‘गणपति’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा गणेश देवता र मानिसलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ ।

सविन अधिकारीले लेखन तथा निर्देशन गरेको ‘गणपति’मा मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दिपुरस्थित थारुवासमा गरिएको हो ।

‘गणपति’ नाम धार्मिक सुनिएपनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताए । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मलाई हरिबहादुर घलेको छायांकन छ । यो फिल्म नेपालभन्दा पहिले बेलायत र अस्ट्रेलियामा रिलिज हुने जनाइएको छ ।

फिल्मा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?