+
+

डिजिटल गढी प्रिमियर लिगको उपाधी छपकी सुपर किङ्सलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १९:१३

१ वैशाख, सुनसरी । डिजिटल गढी प्रिमियर लिगको उपाधी छपकी सुपर किङ्सले जितेको छ । सुनसरीको गढी गाउँपालिकामा भएको प्रतियोगिताको फाइनलमा उसले मधेली च्यालेन्जर्सलाई ६५ रनले हराएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको छपकी सुपर किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । छपकीका लागि श्रवण यादवले ३० बलमा ७ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाएका थिए । त्यस्तै कप्तान सिद्धान्त लोहनीले १२ बलमा ३० रन बनाए ।

१७६ रनको विशाल लक्ष्य पछ्याउँन मैदान उत्रेको माधेलीले १९.२ ओभरमा १०७ रनमात्र बनाउन सक्यो । माधेलीका लागि बिबेक मेहताले सर्वाधिक २८ रन बनाएका थिए ।

प्रतियोगिताको बेस्ट बलर माधेली च्यालेन्जरका सुमित यादव, वेस्ट ब्याट्सम्यान छपकीका रितेश रोय र प्लेयर अफ दी सिरिज छपकीका श्रवण यादव भए ।

विजेता टोली छपकी सुपर किङ्सले ट्रफीसहित १ लाख रुपैयाँ नगद पुरस्कार पायो भने उपविजेता बनेको माधेलीले ५० हजारमा चित्त बुझायो ।

प्रदेश १ कै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गढी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?