+
+

विश्वकै जेठो चिम्पाञ्जीको जन्मदिन मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते २०:०१

१ वैशाख, काठमाडौं । जर्मनीको बर्लिन चिडियाखानामा रहेको विश्वकै जेठो चिम्पाञ्जीको जन्मदिन मनाइएको छ ।

फोटाउ नाम गरेकी गुरिल्लाको ६५औं जन्मदिनको अवसर पारेर चिडियाखानाले विशेष केक तयार पारेको थियो । चिडियाखान घुम्न आएका दर्शकको सामुन्ने त्यो केक फोटाउलाई खान दिइयो । फोटाउले त्यो केक मिठो मानेर खाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

चिम्पाञ्जीको औसत आयु ४० वर्ष हो । तर यो चिम्पाञ्जी औसत आयुभन्दा २५ वर्ष बढी बाँचेकी छ । फोटाउनका २ नाती, १३ जना पनाती र १६ वटा जनाती जीवित छन् ।

२ सय किलोसम्म तौल हुने चिम्पाञ्जीले दिनमा १५ किलोसम्म घाँसपात र फलफूल खान्छन् ।

फोटाउको जन्मदिनको भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?