+
+

बक्स अफिसमा ‘केजीएफ-२’को शानदार सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १२:१४

काठमाडौं । बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको यश स्टारर दक्षिण भारतीय (साउथ) फिल्मले बक्स अफिसमा शानदार सुरुवात गरेको छ ।

फिल्मले रिलिजको पहिलो दिन सबै भाषामा गरी करिब १४० करोड र हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र एसएस राजमौलीको ‘बाहुबली–२’को व्यापारिक रेकर्डलाई तोड्ने अनुमान समेत गरिएको छ ।

प्रशान्त नील निर्देशित ‘केजीएफ’को दोस्रो सिक्वेलले बक्स अफिसमा नयाँ नयाँ रेकर्डसमेत कायम गरिरहेको छ । यो फिल्मप्रति दर्शकमा देखिएको क्रेजका कारण नेपालमा समेत बिहीबार मल्टिप्लेक्सहरुमा चौबीसै घण्टा शो छुट्याइएको थियो ।

मूलतः कन्नड भाषामा बनेको यो फिल्ममा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?