+
+

नेपालले जिम्बाबे ‘ए’सँग काठमाडौंमा खेल्ने दुई शृंखलाको खेलतालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १५:०७

२ वैशाख, काठमाडौं । नेपालले टेष्ट मान्यताप्राप्त अफ्रिकी देश जिम्बाबेको ए टिमसँग तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघले शुक्रबार दिएको जानकारीअनुसार त्रिवि क्रिकेट मैदानमा ३० अप्रिलदेखि ९ मे (वैशाख १७ देखि २६ गतेसम्म) दुई टोलीबीच दुई शृंखला आयोजना हुनेछ ।

जिम्बाबेको टोली १५ वैशाखमा नेपाल आइपुग्नेछ । १७ गतेदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एकदिवसीय खेल २१ गते हुनेछ ।

त्यसपछि टी–२० शृंखला सुरु हुनेछ । वैशाख २३, २५ र २६ गते टी–२० खेल हुनेछ । टेष्ट मान्यताप्राप्त देशको ए टिम भएको हुनाले यी खेलहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले लिष्ट एको मान्यता दिनेछ ।

आईसीसी विश्वकप लिग टू अन्तर्गत जुनमा हुने त्रिकोणात्मक शृंखलाको तयारीस्वरुप नेपालले जिम्बाबेको टोलीलाई आमन्त्रण गरेको हो । नेपालले जुन दोस्रो साता अमेरिकामा अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखला खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?